ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको योजनामा प्रचण्डको विरोध « Khabarhub

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको योजनामा प्रचण्डको विरोध


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका छन् ।

उनले सरकारले बजेटमार्फत केही ‘राष्ट्र र जनविरोधी’ योजनाहरु ल्याएर कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा तराइलाई मरुभुमीकरण गर्न नहुने बताउँदै अध्यक्ष प्रचण्डले सो निर्णय खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : ३३ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका