ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको योजनामा प्रचण्डको विरोध « Khabarhub

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको योजनामा प्रचण्डको विरोध


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका छन् ।

उनले सरकारले बजेटमार्फत केही ‘राष्ट्र र जनविरोधी’ योजनाहरु ल्याएर कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा तराइलाई मरुभुमीकरण गर्न नहुने बताउँदै अध्यक्ष प्रचण्डले सो निर्णय खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : ३३ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका