पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अस्थायी टहरा हटाइए « Khabarhub

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अस्थायी टहरा हटाइए


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।

सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ ।

कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी गरेको छ । हाललाई कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण केही दिनलाई समय दिएपनि निषेधाज्ञा खुलेसँगै संरचना नछोडे कोष भत्काउन बाध्य हुने सूचनामा उल्लेख गरिएको छ ।

यो क्षेत्रमा वृद्धाश्रम, गौशाला, हिन्दू विश्वविद्यालयलगायत संरचना बनाउने प्रस्तावित गुरुयोजनामा समावेश गरिएको छ । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गा क्षेत्रका स्थानीयवासीलाई पनि जग्गा एकीकरण गरी गोठाटारमा नै बसाइने जनाइएको छ । पशुपतिपारिको राममन्दिरमुनिको तिलगङ्गा क्षेत्र अधिग्रहणका लागि यसअघि नै मुआब्जा वितरण भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सुझाव अनुसार गुरुयोजना पुनरावलोकनलाई अन्तिम चरणमा पु¥याएकामा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण केही काममा ढिलाई भएको सदस्य सचिव ढकालले सुनाए ।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजनालाई अन्तिम रुप दिन गत जेठ १५ गते जारी बजेट वक्तव्यमा रु ३५ करोड विनियोजन गरेको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दूलगायत धर्मावलम्बीलाई आकर्षित गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गरी गुरुयोजना तयार पार्न लागिएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ७ : २५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य