समुदायस्तरमा कोरोना जाँच बढाइयो « Khabarhub

समुदायस्तरमा कोरोना जाँच बढाइयो


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश सरकारले एन्टिजेन किट पठाएपछि जिल्लामा कोरोना जाँच बढाइएको छ ।

जिल्लामा किट अभावका कारण कोरोना परीक्षण पर्याप्त हुन नसकेको अवस्थामा प्रदेश सरकारबाट आठ हजार किट प्राप्त भएपछि समुदायस्तरमा परीक्षण बढाइएको हो ।

जिल्लामा एन्टिजेन किटको अभावमा कोरोना परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा प्रदेशबाट प्राप्त उपकरण स्थानीय तहमा पठाएर परीक्षण बढाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

समुदायस्तरमा सङ्क्रमण फैलिएको र गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइएको उनले भनाइ छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सरकारका तर्फबाट जिल्लामा रु दुई लाख ४१ हजार ६८५ बराबरका आठ हजार थान एन्टिजेन किटसहित स्वास्थ्य सामग्री पठाएका थिए । प्राप्त सामग्री जिल्लाका अस्पताल, स्थानीय तह र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु