समुदायस्तरमा कोरोना जाँच बढाइयो « Khabarhub

समुदायस्तरमा कोरोना जाँच बढाइयो


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश सरकारले एन्टिजेन किट पठाएपछि जिल्लामा कोरोना जाँच बढाइएको छ ।

जिल्लामा किट अभावका कारण कोरोना परीक्षण पर्याप्त हुन नसकेको अवस्थामा प्रदेश सरकारबाट आठ हजार किट प्राप्त भएपछि समुदायस्तरमा परीक्षण बढाइएको हो ।

जिल्लामा एन्टिजेन किटको अभावमा कोरोना परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा प्रदेशबाट प्राप्त उपकरण स्थानीय तहमा पठाएर परीक्षण बढाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

समुदायस्तरमा सङ्क्रमण फैलिएको र गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइएको उनले भनाइ छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सरकारका तर्फबाट जिल्लामा रु दुई लाख ४१ हजार ६८५ बराबरका आठ हजार थान एन्टिजेन किटसहित स्वास्थ्य सामग्री पठाएका थिए । प्राप्त सामग्री जिल्लाका अस्पताल, स्थानीय तह र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ०९ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।