कोरोनाले प्रदेश १ मा थप २२ जनाको मृत्यु « Khabarhub

कोरोनाले प्रदेश १ मा थप २२ जनाको मृत्यु


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् । मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ५५ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण