प्याजका १० फाइदा « Khabarhub

प्याजका १० फाइदा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा सबैभन्दा बढि खाइने तरकारीमा प्याज पनि पर्दछ । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन् ।

प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधि पनि हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ ।

प्याजमा गन्ध हुनुमा यसमा एनप्रोपाइल डाइसल्फाइड कारक हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ । तर यसको सेवनले भने स्वास्थ्यमा धेरै लाभहरु दिलाउँछ ।

१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।
२. यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।
३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।
४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।
५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।
६. यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।
७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।
८. यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।
९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ ।
१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : २४ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ