भिखारीको २ लाख ७६ हजार हराएपछि... | Khabarhub Khabarhub

भिखारीको २ लाख ७६ हजार हराएपछि…


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर घरमा गएर माग्ने वा सडक किनार वा मन्दिरमा बाहिर बसेर अरुसंग सहायता मागेर आफ्नो दैनिकि चलाउनेलाई भिखारी वा मगन्ते भनिन्छ । आफ्नो आर्थिक अवस्था कमजोर भएपछि उनिहरु जीउनकालागि सहायताको भिख माग्दछन् । तर यसरी भिख माग्ने मानिस साढे २ लाख भन्दा बढि रकम हराएको उजुरी गर्न प्रहरी चौकिमा पुगे, अचम्भित को नहोला ? यस्तै भएको छ भारतको महाराष्ट्रमा ।

महाराष्ट्रको बीड, पर्लीको वैजनाथ मन्दिरमा बसेर दैनिक भिख माग्ने बाबूराव नायकवाडे नामक एक भिखारी आफ्नो ब्याग हराएको भन्दै प्रहरीमा उजुरी दिन पुगे । जब ब्याग भेटियो त्यसमा फेला परेको मोटो रकमले प्रहरी समेत चकित परे ।

बाबूराव, वैजनाथ मन्दिरमा हुदै आउने जानेसंग दैनिक भिख मागेर दैनिकि चलाउदै आएका थिए । उनी जे जति दानमा पाउथे सबै जम्मा गर्दै गए । तर उनले रकम जम्मा गर्दै गरेको ब्याग हरायो । जसका कारण उनको होसहवास उड्यो र खोजी गरीदिन सहायता माग्दै उनी प्रहरीकोमा पुगे ।

बाबूरावको उजुरी पछि शुरुमा पर्ली प्रहरीले भिखारीको ब्यागमा कति न रकम होला भनेर खोज्न आनाकानी गरे । तर बाबूरावको रोदन, उनको दयनिय अवस्था र कानुनत उजुरी आएपछि कर्तब्यको रुपमा प्रहरीले ब्यागको खोजी तिव्र पार्यो । अन्ततः करिब ३ घण्टाको खोजीपछि उनको ब्याग भेटियो । जसमा भारु १ लाख ७२ हजार २ सय ९० अर्थात २ लाख ७६ हजार ३ सय ४ रुपैयाँ फेला पर्यो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : १० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै