युरोपेली देशमा फेरि बढ्न थाल्यो संक्रमण, अर्को चरणको महामारी फैलने खतरा « Khabarhub

युरोपेली देशमा फेरि बढ्न थाल्यो संक्रमण, अर्को चरणको महामारी फैलने खतरा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली देशमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बितेको २४ घण्टामा ७६ हजार ९९४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ९६७ संक्रमितको मृत्यु भएको छ । अहिले १४ लाख ८३ हजार ८९६ जना सक्रिय संक्रमित छन् ।

युरोपमा संक्रमणदर क्रमश: बढ्दै गएको पछिल्लो तथ्या‌कले देखाउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि युरोपेली देशमा झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बढ्न थालेको जनाएको छ ।

सङ्क्रमितको सङ्ख्यामा फेरि बढ्न थालेपछि अर्को चरणको महामारी फैलनसक्ने भन्दै डब्लुएचओले चिन्ता गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनले जोड दिएको छ।

“युरोपेली देशहरुमा महामारीको अर्को चरण शुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायप्रति सवै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुन थालेको हो।

क्लुगले युरोपेली देशमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनको भनाइ छ। खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सवै देशका अधिकारीलाई उनले आग्रह गरे।

युरोपेली देशमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क छ।

युरोपेली देशमा कोरोना संक्रमितको संख्या ४ करोड ८० लाख ५८ हजार नाघेको छ । अहिलेसम्म ११ लाख ३ हजार ७३९ जनाले ज्यान गुएमा छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ४० बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका