लकडाउनपछि बेलायतले खोजेको सामूहिक खुसी | Khabarhub Khabarhub

लकडाउनपछि बेलायतले खोजेको सामूहिक खुसी


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी महामारी अन्त्य पछिको समाजमा पुगिसकेका छैनौँ होला तर मसेकम लकडाउन सकिएपछिको अवस्थाको नजिक पुगेका छौँ ।समुदायबाट हजारौँ जीवन गुमाएको अनुभव हामीसँग छ । यसलाई कसरी लिने हो ? हामी सबैले सहेको यति दर्दनाक घटनाबाट बाहिर निस्कँदै कसरी चल्ने हो भन्ने चुनौती हाम्रो माझ थपिएको छ ।

दिवङ्गतको सम्झनाका लागि राष्ट्रियरूपमै स्मृति दिवस घोषणा नभए पनि थुप्रै व्यक्तिहरूले औपचारिक रूपमा सामूहिक शोक मनाउने प्रस्ताव राखिरहेका छन् । हामीले यदि सामूहिक शोक मनाउने हो भने कठोररूपमै उठेर राष्ट्रिय स्मृति सेवाको रूपमा सामूहिक खुसी पनि मनाउन जरुरी छ ।

सामूहिक खुसी, चाहे यो महोत्सव, चाड, जुलुस, नाइट क्लब या स्कटिस फुटबल समर्थकले विलियम सेक्सपियरको उन्मुक्त सालिकमा ‘यु आर जस्ट र शिट रेबी बर्न्स’ गीत गाएर मान्छेको गहिरो आवश्यकतालाई सम्बोधन गरेजस्तो होस् । यसले हामीलाई एकाङ्कीपनबाट बाहिर निकाल्छ र हामी आफैँभन्दा बाहेक पनि केही ठूला विषय छन् भन्ने महसुस गराउँछ । हुन त यो आधुनिक जीवनको कठिन तर महत्त्वपूर्ण पाटो नै हो ।

एउटा स्टिलको बारले १०० पाउन्डको साङ्गीतिक महोत्सवको टिकटको सुरक्षा गरे जस्तै यो साना विषयभन्दा प्रायः अन्य विषय मूल्यवान् र सनसनीपूर्ण लाग्छन् । अर्कोतर्फ पूर्व औद्योगिक युगमा साताको एक दिन खाना दिवस, महोत्सव र चाडहरू हुने गर्थे । इतिहासकार इपी थोप्सनकै अनुसार, यी सबै अवसरहरू केही महत्त्वपूर्ण अर्थले हुने गरेका थिए, जुन कारणले महिला र पुरुषहरू बाँचेका छन् ।

स्वास्थ्य र रोगको चिन्ताले गएको वर्षदेखि भिडभाड नगर्न गरिएको कडाइ भने यसका लागि अप्ठेरो भएको छ । थप पुष्टि भए अनुसार आउटडोर भेटघाट संक्रमणको मुख्य कारण नहुन सक्छ, धेरै व्यक्तिले भ्याक्सिन लगाइसकेका कारण उनीहरूमाथि प्रतिबन्ध लगाइने आधार पनि कमजोर बनेको छ ।

तर, केही संवेदना अहिले पनि हावामा उडाइएका छन् । यो सांस्कृतिक मुडका कारण मानिसहरू घरमा बसेर कम्प्युटरमै रमाउने समय लम्बिरहेको छ । साथीहरूसँग रमाइलो गर्नेलाई उपहास गर्दै असामाजिकको संज्ञा दिन थालिएको छ ।

अहिले, सामूहिक खुसीलाई नै विद्रोह भनी हाल्नु पर्ने समय पनि छैन । यो निश्चित सत्य हो कि मान्छेको खुसीको स्तर नै राजनीतिक विद्रोहसँग जोडिने एउटा कारण हो ।

यो वर्षको सुरुवातमा राष्ट्रव्यापी असामाजिक व्यवहारको शृङ्खला तोडिएको एउटा उदाहरण हेरौँ । ‘लाउड र डिसरप्टिभ’ पार्टीहरू रोक्ने क्रममा लन्डनको प्रिमरोज हिल पार्क बन्द गरियो । समाचार स्रोत अनुसार यसमा लेबर पार्टीका नेता कियर स्टारमरको साथ रहेको थियो, जुन दल पूर्ण रूपमा यस्ता गतिविधिलाई असामाजिक गतिविधिको संज्ञा दिन्छ ।

किशोर उमेकाहरू सडकमा छरिएर झगडा गर्दै हिँड्ने विषयमा पनि यो पार्टीले चासो लिएको छ । भलै, अख्तियारवालालाई शक्तिशाली बनाउन र सडकमा मानिसको गतिविधि नियन्त्रित गर्न तयार पारिएको प्रस्तावित कानुनलाई लक्षित गर्दै अहिले ‘किल द बिल’ अभियान नै चलेको किन नहोस् ।

सार्वजनिक स्थानलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास न्यायिक हुन सक्दैन । केही व्यक्तिका लागि सार्वजनिक स्थानमा त्यतिकै रहनु असामाजिक काम लाग्न सक्छ । वास्तवमा एलिटहरू अनियन्त्रित भिडलाई असामाजिक गतिविधि ठान्दै डराउनु नयाँ कुरा पनि होइन ।

आजको समयमा कोभिडको झ्यालखानाले यी पुराना आवेगहरू छाँटेको छ तर सामान्यतया केही नसुहाउँदा विषयले वैधता पाएका छन् । अहिलेको काम भनेको सामुदायिक स्वास्थ्यको चासोको कारण सामूहिक जमघटलाई दुस्मनी ठान्ने सोच कसरी विच्छेद गर्ने भन्ने हो ।

यदि हामी यसो गर्न असफल भयौँ भने कोभिडको छायाबाट बाहिर निस्किएर हामी कहिले पनि खुसी मनाउन सक्ने छैनौँ । लामो समयको अन्तरालमा यो जरुरी पनि छ । अहिलेकै समयमा यो हाम्रो आवश्यकता पनि हो ।

धेरै हदसम्म म यो कल्पना गर्न चाहन्छु कि मेरो छुट्टीको प्राथमिकता राजनीतिक रूपले उपयोगी सिद्ध होओस्, सामूहिक उपस्थिति सधैँ प्रतिरोधका लागि गरिने काम नहोस् । तर, सत्य यो हो कि यसले खुसी प्रदान गर्नुका साथै बाँच्नुको अर्थ पनि दिन्छ । अन्ततः यो नै समृद्धि पनि हो ।

अहिले, सामूहिक खुसीलाई नै विद्रोह भनी हाल्नु पर्ने समय पनि छैन । यो निश्चित सत्य हो कि मान्छेको खुसीको स्तर नै राजनीतिक विद्रोहसँग जोडिने एउटा कारण हो ।

एक छिनलाई म आफ्नै लागि पनि कति गम्भीर विषय छन् भन्ने मतलब होइन, गीत गुनगुनाउनु, जप गर्नु र साथीहरूसँग अनुभव साट्नुमा कति शक्ति छ त्यो महत्वपूर्ण हो । सत्य यो पनि हो कि विद्रोह गर्दा पनि रमाइलो लाग्ने कुरा महत्त्वपूर्ण हुन सक्छ । आफैँलाई अन्याय गर्नुको साटो निराशाको यो नै राम्रो उपचार हो । लियन सिगलले आफ्नो किताब ‘रेडिकल ह्याप्पिनेस’ मा लेखेकी छन्– हामीले एक छिन खुसीसाथ एकबद्ध हुँदा पाएको शक्ति लामो समयसम्म टिकाउ हुन्छ ।

सञ्चारकर्मी इडे जिलियटले यो रिपोर्टिङ गरेका छन् कि ‘भद्दा र आधा नपाकेको महसुस हुने केही न्यायिक इथिकहरूलाई रद्दी टोकरीमा फाल्न मन छ परन्तु यिनीहरू शक्तिशाली र गुञ्जायमान छन् ।’

केही कुराका निम्ति लड्नुको मतलब ती सबै उपयोग गर्नका लागि होइन भन्ने बुझ्नु नै पूर्ण प्राप्ति हो । सामूहिक खुसीको सम्भावना पनि त्यसतै हो । गत साता ‘सेभ आवर सीन र्‍याली’ क्लब संस्कृति र रात्रिकालीन व्यवसाय जोगाउन हजारौँ जनालाई सडकमा उतार्न सफल भयो ।

सञ्चारकर्मी इडे जिलियटले यो रिपोर्टिङ गरेका छन् कि ‘भद्दा र आधा नपाकेको महसुस हुने केही न्यायिक इथिकहरूलाई रद्दी टोकरीमा फाल्न मन छ परन्तु यिनीहरू शक्तिशाली र गुञ्जायमान छन् ।’

गत साताको अन्त्यमा भएको लन्डनको ‘ट्रान्स प्राइड’ लाई पनि एउटा राम्रो उदाहरण मान्न सकिन्छ, जहाँ धेरै उत्पीडित अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्ने हजारौँ जना आफू अपमानित भएको भावना व्यक्त गर्दै सडकमा निस्किए । यस खालको कार्यक्रममा विद्रोह र पार्टी बीचको फरक मतको कुनै अर्थ रहँदैन । यस्तो दुःख महसुस भएको अवस्थामा पनि अनुहारमा खुसी ल्याउन सक्नु साहसिक काम नै हो ।

जब यस्ता असामाजिक व्यवहारको भाषाले प्रायः कठोर शासनशैलीको पूर्वतयारी गर्न सहयोग गर्छ, यसको मतलब केही पनि भएको छैन भन्ने होइन । कोही पनि महामारी सकिएको खुसीयालीमा रातभरि पार्टीमा रमाउने स्वार्थी छिमेकी चाहँदैन तर समाजमा रहनुको मतलब दिनु र लिनु दुवै हो ।

सामूहिक खुसी र रमाइलोको लागि स्थान खडा गर्नु असामाजिक देखिन सक्छ तर यथार्थमा हामी यस समयको जस्तो सामाजिक कहिले हुने छैनौँ । आगामी वर्ष हामीले सामुदायिक स्थानका लागि हामीले सङ्घर्ष गर्नु पर्छ र मलाई के विश्वास छ भने नागरिकहरू अनुमति नमागी सामान्य ढङ्गले चल्ने स्वरूपको अनाज्ञाकारिताले यसमा भूमिका निर्वाह गर्ने छ ।

(जेम्स ग्रेग द गार्जियनका संस्कृति तथा समाजका नियमित स्तम्भकार हुन् । २९ जुनमा प्रकाशित उनको यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ५५ बजे

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यवसायिक बनाइनुपर्छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको

साप्ताहिक ब्रिफिङ : भैरहवामा सकियो रविको बयान, कांग्रेसका सांसद् र मन्त्रीको जुवारी, बंगलादेशमा विद्युत बिक्री सुरु

साप्ताहिक राजनीतिक खबर  उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय

इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी

एजेन्सी – तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको

न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा

काठमाडौं- न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसद्मा गरेको