बाघको छालासहित दुईजना पक्राउ « Khabarhub

बाघको छालासहित दुईजना पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखको मललेख गाउँपालिका–३ दर्पाका २४ वर्षीय डम्बर बुढा र सोही जिल्ला रामरोसन गाउँपालिका ५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार कोहलपुर इलाका प्रहरी कार्यालयका खटिएको प्रहरी टोलीले वैजनाथ गाउँपालिका–४ तिलकपुरको भित्रि सडकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अहिले उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : २५ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल