एमाले बैठक : ओली र नेपालबीच फोन संवाद, बामदेव बालुवाटरमा « Khabarhub

एमाले बैठक : ओली र नेपालबीच फोन संवाद, बामदेव बालुवाटरमा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेरै केन्द्रीय कमिटी बैठकमा बोलाएका छन् ।

दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्ने नेता तामाङले जानकारी दिए ।

यसैबीच बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार गएका छन् । गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको बताउँदै उनी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताए ।

माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । हिजो बसेको नेपाल पक्षका नेताहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५६ बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा