साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगको सदस्यमा नेपाली महिला नियुक्त « Khabarhub

साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगको सदस्यमा नेपाली महिला नियुक्त


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली चेली मञ्जु खड्का नियुक्त भएकी छन् ।

जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले जारी गरेको घोषणा अनुसार एडिलेडकी सामाजिक अभियन्ता खड्का आयोगको सदस्यमा नियुक्त भएकी हुन् । एक आयुक्त र १४ सदस्य रहने उक्त आयोगले राज्यको बहुसांस्कृतिक समाज र जातजातिका बारेमा प्रिमियर तथा प्रिमियरको सहायकमन्त्रीलाई प्रतिवेदन बुझाउने काम गर्दछ । यो आयोगले साउथ अष्ट्रेलिया राज्यका जातजातिको विविधतालाई प्रवर्द्धन गर्ने तथा बहुसांस्कृतिक समुदायका हकहित र मामिलाका बारेमा सरकार तथा अन्य सार्वजनिक निकायलाई सुझाव दिने काम गर्दछ ।

जुलाई १ तारिखदेखि नियुक्त भएका आयोगका पदाधिकारीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।

आयोगको पदाधिकारीका लागि साउथ अष्ट्रेलियन सरकारले बहुसांस्कृतिक समुदायका मानिसहरुबाट खुला आवेदन माग गरेको थियो । आवेदकको पृष्ठभूमि, उनीहरुले समाजमा पुर्‍याएको योगदान तथा व्यक्तित्व मूल्यांकन गरेर सदस्यमा नियुक्त गरिएको हो ।

नेपाली समाजको प्रतिनिधित्व गर्दै आयोगमा नियुक्त हुन पाउँदा गर्व लागेको खड्काले प्रतिक्रिया दिएकी छन् ।

नारी निकुञ्ज साउथ अष्ट्रेलियाकी संयोजक समेत रहेकी खड्काले सामाजिक सेवामा आफूलाई समपर्ण गर्दै आएकी छन् । नेपालमा १५ वर्षसम्म विभिन्न सामाजिक संघसंस्थामार्फत महिला शसक्तिकरणमा जुटेकी खड्का अष्ट्रेलिया पुगेर समेत सामाजिक कार्यमा सक्रिय छिन् ।

एक छोराकी आमा खड्क पेशाले रजिष्टर्ड नर्सका रुपमा समेत कार्यरत छिन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै