ठग्नेहरू नियन्त्रणमा लिन ट्राफिक प्रहरीले चलायो अपरेसन | Khabarhub Khabarhub

ठग्नेहरू नियन्त्रणमा लिन ट्राफिक प्रहरीले चलायो अपरेसन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई आज बिभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन ।

हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगीन सक्ने हुनाले ट्राफिक प्रहरीले बिशेष सक्रियता देखाउदै आएको छ ।

जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुन: यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरि अपरेसन टोली परिचालन गरेका छौ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरि यात्रुसँग बढि भाडा लिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका वर्ष ३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढि भाडा लिएमा वा निजि गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी भट्टराईले बताए । ट्राफिक प्रहरीले यात्रुसँग बढि भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ३३ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ