फिल्म हिट बनाउन जो टपलेस भए « Khabarhub

फिल्म हिट बनाउन जो टपलेस भए


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– आज फिल्ममा बोल्ड दृश्य देखिनु सामान्य कुरा हो । यद्यपि केही वर्षअघि फिल्ममा बोल्ड दृश्य चर्चाको विषय बन्थ्यो । एक समयमा फिल्म हिट बनाउनकै लागि कलाकारहरु नांगिन्थे ।

अभिनेत्री करीना कपूर फिल्म ‘कुर्बान’मा टपलेस भइन् । फिल्ममा उनको अपोजिटमा सैफ अली खान थिए । फिल्मले दर्शकबाट औषत प्रतिक्रिया पायो । यो फिल्मको गीत ‘रसिया’मा करीना टपलेस भएर चर्चा बटुलेकी थिइन् ।

सन् २०१२ मा रिलिज फिल्म ‘जिस्म २’मा सनी लियोनी प्रमुख भूमिकामा थिइन् । यो फिल्म बोल्ड दृश्यले भरीपूर्ण थियो । तर यो फिल्ममा सनीको एक टपलेस सिनले लोकप्रियता कमाएको थियो ।

फिल्म ‘राम तेरी गंगा मैली’को मन्दाकिनीलाई कसले बिर्सन सक्छ र ? मन्दाकिनीको बोल्ड दृश्यले नै यो फिल्म रातारात हिट भएको थियो । फिल्ममा उनी पारदर्शी सेतो साडी लगाएर एक झरनामा नुहाएकी थिइन् ।

विक्रम भट्टको फिल्म ‘हेट स्टोरी’ दर्शकमाझ बोल्ड दृश्यका लागि चर्चित बन्यो । यो फिल्मकी अभिनेत्री पाली डेमले आफ्नो हट शैली र टपलेस दृश्यले खलबली मच्चाएकी थिइन् ।

सन् २००४ मा रिलिज फिल्म ‘जुली’मा नेहा धूपिया प्रमुख भूमिकामा थिइन् । फिल्ममा उनले एक टपलेस दृश्य दिएकी थिइन् ।

अभिनेत्री जीनत अमानले फिल्म ‘सत्यम शिवम सुन्दरम’ मा एक टपलेस दृश्य दिएकी थिइन् । जसले तहल्का मच्चाएको थियो ।

अभिनेत्री तथा मोडल पुनम पाण्डेले फिल्म ‘नशा’मा टपलेस दृश्य दिएकी थिइन् । यो दृश्यपछि उनी फिल्म उद्योगमा चर्चित बनिन् ।

फिल्म ‘रसकल्स’मा अभिनेत्री लीजा हेडन पनि टपलेस भएकी थिइन् । ऋतिक रोशन अभिनित फिल्म ‘काइट्स’मा मेक्सिकन अभिनेत्री बारबरा मोरीले ऋतिकसँग बोल्ड दृश्य दिएकी थिइन् ।

इमरान हाशमीको फिल्म ‘जहर’मा अभिनेत्री उदिता गोस्वामीले इमरानसँग निकै बोल्ड दृश्य दिएकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको