यामीको बैंक खातामा अवैध विदेशी रुपैंयाँ « Khabarhub

यामीको बैंक खातामा अवैध विदेशी रुपैंयाँ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– प्रवर्तन निदेशालयले बलिउड अभिनेत्री यामी गौतमलाई सोधपुछका लागि बोलाएको छ । उनलाई विदेशी मुद्रा अधिनियम अनुसार अवैध रकम प्रयोगको आशंकामा सोधपुछका लागि बोलाएको हो । उनलाई जुलाई ७ का दिन बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनिएको छ ।

यामीको बैंक खातामा करिब १ दशमलब ५ करोड रुपैंयाँ बराबरको विदेशी रुपैंयाँको कारोबार भएको भेटिएको छ । उनले मुद्रा कारोबारका बारे सरकारी अधिकारीलाई जानकारी नदिएपछि उनी शंकाको घेरामा परेकी थिइन् ।

उनको कारोबार शंकास्पद देखिएपछि निदेशालयले उनीमाथि बोलावट गरेको हो । उनलाई दोस्रोपटक यसरी बोलाइएको हो ।

यामीले केही समय अघि निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन् । तीन दिन अघि हनिमूनबाट फर्किएपछि उनी फिल्म ‘ए थर्सडे’को सुटिङमा व्यस्त छिन् ।

यामी फिल्ममा नैना जायसवाल नामकी एक शिक्षिकाको भूमिकामा देखिँदैछिन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ४० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको