यामीको बैंक खातामा अवैध विदेशी रुपैंयाँ « Khabarhub

यामीको बैंक खातामा अवैध विदेशी रुपैंयाँ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– प्रवर्तन निदेशालयले बलिउड अभिनेत्री यामी गौतमलाई सोधपुछका लागि बोलाएको छ । उनलाई विदेशी मुद्रा अधिनियम अनुसार अवैध रकम प्रयोगको आशंकामा सोधपुछका लागि बोलाएको हो । उनलाई जुलाई ७ का दिन बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनिएको छ ।

यामीको बैंक खातामा करिब १ दशमलब ५ करोड रुपैंयाँ बराबरको विदेशी रुपैंयाँको कारोबार भएको भेटिएको छ । उनले मुद्रा कारोबारका बारे सरकारी अधिकारीलाई जानकारी नदिएपछि उनी शंकाको घेरामा परेकी थिइन् ।

उनको कारोबार शंकास्पद देखिएपछि निदेशालयले उनीमाथि बोलावट गरेको हो । उनलाई दोस्रोपटक यसरी बोलाइएको हो ।

यामीले केही समय अघि निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन् । तीन दिन अघि हनिमूनबाट फर्किएपछि उनी फिल्म ‘ए थर्सडे’को सुटिङमा व्यस्त छिन् ।

यामी फिल्ममा नैना जायसवाल नामकी एक शिक्षिकाको भूमिकामा देखिँदैछिन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ४० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको