हात्तीको आक्रमणबाट किसानको मृत्यु | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट किसानको मृत्यु


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ बर्षीय रामदेव पटेलको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ४४ बजे

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन्