२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा १,  झापामा ८६, धनकुटामा १०, तेह्रथुम २, भोजपुर २,  मोरङमा २९, संखुवासभा २ र सुनसरीमा ७३ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४, पर्सामा १,  बारामा ४, महोत्तरीमा १२, रौतहटमा ३, सप्तरीमा ३७, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

कहाँ कति थपिए ?

बागमती प्रदेशको काठमाडौंमा ३१६, काभ्रेमा ३०, चितवनमा ५३, दोलखामा २, धादिङमा ५२, नुवाकोटमा ३६, भक्तपुरमा ३४, मकवानपुरमा २९, रसुवा १०, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६४, गोरखामा ६, तनहुँमा २५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ८, म्याग्दीमा ९, लमजुङमा ४, बागलुङमा २१ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २४, गुल्मीमा ३७, दाङमा १४, नवलपरासीमा ३, पाल्पामा २३, प्युठानमा १,   बाँकेमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १६, सल्यानमा १, सुर्खेतमा १४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा ७, कैलालीमा १९, डडेल्धुरामा १, बैतडीमा १, बाजुरामा १ र डोटीमा ३९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : २९ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज