एमाले सांसदको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

एमाले सांसदको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसदले विरोध जनाएपछि कर्णाली प्रदेशसभाको शुक्रबार बैठक पनि अवरुद्ध भएको छ ।

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभाको आठौं (बजेट) अधिवेशनको चौधौं बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै बिरोध गरेका थिए ।

बैठकको सुरुमै एमालेका सांसद देवी वलीले गत वैशाखमा एमालेले दिएको ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने चार जना सांसदलाई पुरानै अवस्थामा फर्काए पनि सोही बमोजिम आदेश कार्यान्वयन नभएको बताए ।

एउटा परिस्थितिमा सरकारमा सामेल भएका व्यक्तिहरु सर्वोच्चको आदेशपछि अर्को परिस्थिति भइसकेकोले उनीहरु सरकारमा सहभागी हुन नसक्ने उनले बताए । उनले न्यायलयले दिएको आदेशको उल्लंघन भएको भन्दै संसदको कारबाही अगाडि बढ्न नदिने उल्लेख गरे ।

सभामुख राजबहादुर शाहीले बजेटमाथिको छलफल अगाडि बढाउन सहयोग गर्न आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन