कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा प्रदर्शन « Khabarhub

कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा प्रदर्शन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजना कार्यालयको उद्घाटन गरेसँगै परियोजनाको विरोध भएको छ ।

कालीगण्डकी सरोकार युवा समूहले काठमाडौFमा बिरोध प्रदर्शन गरेको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना जनविरोधी, सभ्यताविरोधी भएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘कालीगण्डकी डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनौं’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीले उक्त आयोजनाले कालीगण्डकीको अस्तित्वलाई पनि समाप्त पार्ने भएकाले विरोध गरिएको बताए ।

कालीगण्डकी डाइभर्सनलाई रोक्न गण्डकी प्रदेशले समेत माग गरिरहेको छ । साथै, सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन पनि दायर भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ५२ बजे

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।