गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान « Khabarhub

गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।

सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।

जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उनको भनाइ छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक डा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिए । सुशासन तथा कानून विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै स्थानीय सरकार सञ्चालन ऐनका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने विश्वास व्यक्त गरे ।

समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा गर्दै विकास समय सान्दर्भिक हुनुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ५० बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक