प्रदेश २ को नीति तथा योजना आयोगको सदस्यमा महतो र सिंह नियुक्त | Khabarhub Khabarhub

प्रदेश २ को नीति तथा योजना आयोगको सदस्यमा महतो र सिंह नियुक्त


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नीति तथा योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।

प्रदेश सरकारले सिरहाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंहलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरे ।

मुख्यमन्त्री राउत अध्यक्ष रहेको आयोगमा डा. भोगेन्द्र झा उपाध्यक्ष रहेका छन् । आयोगमा एक महिला सदस्यसहित बढीमा ६ सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य रहनेगरी आठ सदस्य आयोग गठन हुने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष ०७४÷७५ मा एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएको थियो । गत आर्थिक वर्ष ०७५÷७६ मा तीन सदस्य थप भई पदेन समेत ७ सदस्यीय आयोग गठन भएको थियो ।

तत्कालीन उपाध्यक्ष रहेको डा. हरिवंश झासहित सबै सदस्यहरुलाई हटाएपछि उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिए पनि सदस्य पद रिक्त थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ०७ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण