जुम्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो « Khabarhub

जुम्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा- जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।

उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण गरिएको थियो, प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही हल हुनेछ ।”

सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले लामो समयदेखि संसद्मा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आएका थिए ।

सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने भएको छ । प्राधिकरणले दशैँसम्म यहाँका आठ वटै स्थानीय तहका मुख्य स्थानमा विद्युत् पुर्‍याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत् वितरण केन्द्रले जनाएको छ ।

सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए । प्रसारण लाइन समयमै पुयाउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ४० बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र