तुइन प्रकरण : गृह मन्त्रालयलको छानबिन टोली दार्चुला जाँदै | Khabarhub Khabarhub

तुइन प्रकरण : गृह मन्त्रालयलको छानबिन टोली दार्चुला जाँदै


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली युवालाई महाकाली नदीमा बेपत्ता बनाएको प्रकरण छानबिन गर्न गृह मन्त्रालयको टोली आज दार्चुला प्रस्थान गर्दैछ ।

दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला जान लागेको हो ।

तस्वीर : जनार्दन गौतमको फेसबुकबाट ।

गृम मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेको छानबिन समिति गठन गरेको छ ।

घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले समितिलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ४० बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ