आफ्नै अध्यक्षविरुद्ध मिलन पाण्डेको कटाक्ष : भविष्य देखाउन नसक्नेले भूत देख्छ « Khabarhub

आफ्नै अध्यक्षविरुद्ध मिलन पाण्डेको कटाक्ष : भविष्य देखाउन नसक्नेले भूत देख्छ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूसँगै अरुलाई पनि तर्साउने काम गरेको आरोप लगाएका छन् ।

मिश्रले हालै सार्वजनिक गरेको संघीयता खारेजी र धर्मनिरपेक्षताबारेको दस्तावेजविरुद्ध कटाक्ष गर्दै संयोजक पाण्डेले भविष्य देखाउन नसक्नेले भूत देख्ने बताएका छन् ।

आज उनले सामाजिक सञ्जालमार्फत मिश्रको विचारविरुद्ध अर्को प्रहार गरेका हुन् ।

नाम नलिईकन उनले अध्यक्ष मिश्रको विचारलाई ‘भूतको त्रास’ को संज्ञा दिएका छन् । आफ्नो पार्टी भूतको त्रासको राजनीति होइन, भविष्यको आशा देखाउने राजनीति गर्ने पार्टी भएको उनको भनाइ छ।

‘नयाँ बिहानी, नयाँ संकल्प: जसले भविष्य देखाउन सक्दैन । उसले विगतको भूत देख्छ । आफू तर्सिन्छ। अरूलाई तर्साउँछ,’ संयोजक पाण्डेले लेखेका छन्, ‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन। यो त भविष्यको आशा देखाउने राजनीति हो। यो त सम्भावनाको राजनीति हो ।’

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : १५ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि