आफ्नै अध्यक्षविरुद्ध मिलन पाण्डेको कटाक्ष : भविष्य देखाउन नसक्नेले भूत देख्छ « Khabarhub

आफ्नै अध्यक्षविरुद्ध मिलन पाण्डेको कटाक्ष : भविष्य देखाउन नसक्नेले भूत देख्छ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूसँगै अरुलाई पनि तर्साउने काम गरेको आरोप लगाएका छन् ।

मिश्रले हालै सार्वजनिक गरेको संघीयता खारेजी र धर्मनिरपेक्षताबारेको दस्तावेजविरुद्ध कटाक्ष गर्दै संयोजक पाण्डेले भविष्य देखाउन नसक्नेले भूत देख्ने बताएका छन् ।

आज उनले सामाजिक सञ्जालमार्फत मिश्रको विचारविरुद्ध अर्को प्रहार गरेका हुन् ।

नाम नलिईकन उनले अध्यक्ष मिश्रको विचारलाई ‘भूतको त्रास’ को संज्ञा दिएका छन् । आफ्नो पार्टी भूतको त्रासको राजनीति होइन, भविष्यको आशा देखाउने राजनीति गर्ने पार्टी भएको उनको भनाइ छ।

‘नयाँ बिहानी, नयाँ संकल्प: जसले भविष्य देखाउन सक्दैन । उसले विगतको भूत देख्छ । आफू तर्सिन्छ। अरूलाई तर्साउँछ,’ संयोजक पाण्डेले लेखेका छन्, ‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन। यो त भविष्यको आशा देखाउने राजनीति हो। यो त सम्भावनाको राजनीति हो ।’

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : १५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल