लुम्बिनीमा विपक्षी चार दलद्वारा धारा १६८ (२) बमोजिम सरकार गठनको माग « Khabarhub

लुम्बिनीमा विपक्षी चार दलद्वारा धारा १६८ (२) बमोजिम सरकार गठनको माग



बुटवल– लुम्बिनी प्रदेशका विपक्षी चार दलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन पेश गरेका छन् ।

विपक्षी चार दलका नेताहरुले ४१ जनासांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् । वर्तमान सरकार संविधानको धारा १६८ को १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र अल्पमतमा परेर अवैधानिक भएको कारण उल्लेख गदै नयाँ सरकार गठनको माग गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्यमान्यता र विधिअनुसार सरकार गठन नभएको उल्लेख गर्दै प्रदेशमा धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले प्रदेश प्रमुख समक्ष निवेदनन बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले उपधारा २ बमोजिमको सरकार गठनको माग गरे । उनले सरकार अल्पमतमा हुँदा पनि नैतिकता देखाउन नसकेको आरोप लगाउँदै प्रदेश प्रमुखबाट त्यसको प्रक्रिया आरम्भ गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संविधानले दिएको अधिकारअनुसार अनुसार भूमिका निर्वाह गर्ने प्रदेश प्रमुखलाई आग्रह गरिएको सञ्चारकर्मीहलाई बताए । उनले अहिलेको सरकार अल्पमतमा रहेकाले संविधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनको लागि सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष निवेदन पेश गरिएको जानकारी दिए ।

विपक्षी गठबन्धनको निवेदन बुझेपछि प्रदेश प्रमुख शेरचनले संविधान, विधि, संवैधानिक परम्परा र सहमतिका माध्यमबाट निष्कर्ष निकाल्ने बताए । उनले कानूनी परामर्श र संवैधानिक छलफल गर्दै संविधानअनुसार सरकारको अवस्थाबारे जानकारी लिएर आगामी कदम चाल्ने जानकारी दिए । विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको छ तर उनले विश्वासको मत लिन आनाकानी गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशको संसदीय अंकगणितमा नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसदमा ८७ जना सांसद रहेकोमा कारवाही र राजीनामाले ८० सदस्यमा झरेको छ । संसदमा नेकपा एमालेका ३८ सांसद छन् । प्रदेश सरकारमा मन्त्री बनेका तीन सांसदको पद जसपाले निलम्बन गरेको छ ।

लुम्बिनीमा विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ सांसद छन् । सरकार सञ्चालनका लागि अहिले ४१ सांसदको बहुमत आवश्यक पर्छ ।
संविधान अनुसार एकल बहुमतको भनेर सरकार गठन गरेको एमालेमा बहुमतका लागि तीन सदस्य कम छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : ०७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००