युनिफाइड केन्द्रीय अस्पतालबाट डा. गौतम हटाइए « Khabarhub

युनिफाइड केन्द्रीय अस्पतालबाट डा. गौतम हटाइए


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरूवा गरेर प्रसुती तथा स्त्री रोग अस्पताल पठाएको छ ।

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाउँदै गौतमलाई मन्त्रीस्तरीय निर्णयका आधारमा थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

त्यसअघि गौतम प्रसुती अस्पतालमै कार्यरत थिए ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : १४ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको