सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ « Khabarhub

सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमपुराकी सुजिता ठाकुर हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनको लागि बर्गेनिङ गरेको अधारमा थप तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने (मृतक सुजिताको बुबा) कामेश्वर पाण्डे, भङहा नगरपालिका १ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका २४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डल रहेका छन् ।

मृतक सुजिताका बुबा कामेश्वरले पनि घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी अञ्जु ठाकुरलाई घटनाकै दिन थाह भएपनि कसैलाई पनि जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना