सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ « Khabarhub

सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमपुराकी सुजिता ठाकुर हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनको लागि बर्गेनिङ गरेको अधारमा थप तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने (मृतक सुजिताको बुबा) कामेश्वर पाण्डे, भङहा नगरपालिका १ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका २४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डल रहेका छन् ।

मृतक सुजिताका बुबा कामेश्वरले पनि घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याको मुख्य योजनाकार रुपेश ठाकुरको दिदी अञ्जु ठाकुरलाई घटनाकै दिन थाह भएपनि कसैलाई पनि जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ०१ बजे

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् 

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न