कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ तेस्रो लहरको जोखिम बढ्दै गएमा आगामी दिनमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित हुनसक्ने बताएका छन् ।

उनले कोरोनाको जोखिम बढेमा परीक्षा स्थगित गरी आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग परामर्श गर्ने जनाएका हुन् ।

मन्त्री श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत तथा कार्ययोजना सार्वजनिक गर्दै कोरोना बढे परीक्षा स्थगित गर्न सकिने बताएका हुन् ।

उनले सार्वजनिक गरेका कार्ययोजनाको ११ औँ बुँदामा ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’, उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु