एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली « Khabarhub

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले ९ वटा विभागहरु गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।

त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र  स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/१५ सदस्य छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल