कर्णालीका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक : प्रवक्ता ज्ञवाली « Khabarhub

कर्णालीका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक : प्रवक्ता ज्ञवाली


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक रहेको टिप्पणी गरेका छन् ।

स्थायी कमिटिको बैठकपछि प्रवक्ता ज्ञवालीले दलीय व्यवस्थामा दलको निर्देशन नमान्नेहरुलाई कारबाही स्वभाविक भएको र सर्वोच्चले यसअघि गरेको गल्ती सच्याएको बताएका हुन् ।

उनले भने,‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा हो । दलको निर्णय पालना गर्नु दलका सदस्यतको कर्तव्य हो । हिजोको अन्तरिम आदेश गलत थियो ।’

फैसलाले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदहरुलाई कारबाही गर्न नमिल्नेगरी गरेको फैसला समेत गलत रहेको पुष्टि भएको बताएका छन् ।

उनले भने,‘आजको फैसलाले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको व्याख्या गलत छ भन्ने आशय देखिएको छ । हामीले भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ ।’

एमालेले कारबाही गरेका कर्णाली प्रदेशका सांसदहरुलाई गरेको कारबाही सदर गर्ने सर्वोच्चले आजै फैसला गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल