‘यूएनएफपीए’ले दियो सरकारलाई ८०० थान अक्सिजन सिलिण्डर « Khabarhub

‘यूएनएफपीए’ले दियो सरकारलाई ८०० थान अक्सिजन सिलिण्डर


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको उल्लेख गर्दै कोषले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले तेस्रो लहरको समाना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कोषकी नेपाल प्रतिनिधि लुब्ना बाकीले प्रदान गरिएको अक्सिजन सिलिण्डरले कोभिड–१९ का बिरामीलाई उपचार गर्न सहयोग पुग्ने बताउँदै महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीको सुरक्षा, लैङ्गिक हिंसा, हानिकारक अभ्यासहरुको सम्बोद्धन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीको आपूर्तिसहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाको निरन्तरतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

प्रजनन उमेरका महिला तथा किशोरीको विशेष र निश्चित आवश्यकता सम्बोद्धनका लागि कोषले सङ्घीय, प्रादेशिक, स्थानीय सरकार र साझेदारसँग मिलेर काम गरिरहेको छ ।

यसअघि कोषले सङ्क्रमण रोकथाम गर्नका लागि नेपाल सरकारको प्रयासलाई मद्दत गर्न सात हजार २४८ थान पिपिइ सेट उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको