जलविद्युत् आयोजनाले बढायो वनको राजस्व « Khabarhub

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१-८२ मा एक करोड १६ लाख ३५ हजार २८ राजस्व संकलन गरेको कार्यालयले आव २०८२-८३ मा पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ राजस्व संकलन गरेको हो ।

पैसट्ठी मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत पाँच करोड २९ लाख ४० हजार तीन सय ४१ राजस्व तिरेको डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीले जानकारी दिए । 

डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले  एक लाख ९४ हजार आठ सय ८१ तथा राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत  पाँच लाख १७ हजार नौ सय १३ राजस्व बुझाएको उनले बताए।

सङ्कलित राजस्वमध्ये रु। दुई करोड ३३ लाख ३३ हजार तीन सय १० सङ्घीय सरकारको वन विकास कोषमा र ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा गरिएको छ। यस्तै, दुई करोड ९४ लाख २१ हजार तीन सय २० प्रदेश सरकारको कोषमा दाखिला भएको छ ।

उक्त कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रजातिका तीन हजार छ सय किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, खुरु पाँच हजार वटा, निजी आवादीको एक लाख ३५ हजार पाँच सय ४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री भएको छ ।

यसैगरी, भिरमह एक हजार एक सय किलोग्राम, नागबेली पाउडर पाँच सय २० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात आठ किलोग्राम निकासीको अनुमति दिई राजस्व संकलन भएको  जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ७ : १० बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको