बैंकिङ कसुर मुद्दामा फरार एक अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा फरार एक अभियुक्त पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने