निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल  « Khabarhub

निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल 


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ ।

निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् । पछिल्लो निषेधाज्ञा साउन २१ गते राती १२ बजेसम्म कायम थियो ।

गत वैशाखदेखि निषेधाज्ञा जारी गरिए पनि साउनदेखि भने निषेधाज्ञा खुकुलो पारिएको छ । बजार क्षेत्रमा चहलपहल बढिरहेको छ । निषेधाज्ञा जारी गरिए पनि त्यसको कुनै प्रवाह नभएको गुनासो बढेपछि यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने प्रजिअ पंगेनीले बताइन् ।

नवलपुरमा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या भने बढिरहेको छ । कोरोना बढेको भन्दै प्रशासनलाई निषेधाज्ञा कडा बनाउन दबाब परेको छ भने अर्कोतर्फ ब्यापार ब्यवसाय चौपट भएको भन्दै खुकुलो बनाउनुपर्ने पनि माग रहँदै आएको छ ।

व्यापारी, शिक्षक, विद्यार्थीहरुले थप खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन् ।

नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ । आइतबार ६२ जना संक्रमित भेटिएका थिए ।

सोमबार थपिएका संक्रमित मध्ये कावासोती नगरपालिकामा नै सबैभन्दा बढी छन् ।

कावासोतीमा ३७ जना, गैंडाकोटमा १७, देवचुलीमा ६, मध्यविन्दुमा ६, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ जनामा सोमवार संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ०७ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले