राजकुमार सिद्धार्थ बगैँचामा घुमिरहेका थिए । एउटा हाँस कराउँदै भुइँमा खस्यो । सिद्धार्थले तुरुन्तै त्यसलाई उठाए । कसैले हानेको वाणको कारण हाँस घाइते भएको थियो । सिद्धार्थले हाँसको शरीरबाट उक्त वाण निकाले । पीडाको अनुभव गर्नका लागि वाणलाई आफ्नो बायाँ पाखुरामा रोपे । आँसु खसाल्दै सोच्न थाले— हाँसलाई कति पीडा भइरहेको होला ?
उनको आँखाबाट बरर आँसु बग्यो । यिनै सिद्धार्थ पछि गौतम बुद्धको नामले प्रसिद्ध भए ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया