तनहुँमा सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु « Khabarhub

तनहुँमा सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।

आव २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए ।

उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जिप/कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए ।

दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए ।

जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : ४० बजे

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप