बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै « Khabarhub

बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल  बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ ।

चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो । चीनले पाकिस्तानमा लगानी र ऋण थप उपलब्ध गर्ने प्रस्ताब गरेको एक चिनियाँ स्रोतलाई उद्धृत गर्दै फ्रन्टिअर पोष्टले बताएको छ ।

यद्यपि पाकिस्तानले अमेरिकाविरुद्ध निडर नीति लिने अपेक्षाका कारण चीनले पाकिस्तानमा आर्थिक सहायता र लगानी बढाइरहेको छ । केही समयअघि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले अमेरिकालाई कुनै पनि नयाँ सैन्य आधार नदिने अभिव्यक्तिले चीनलाई सन्तुष्ट पार्न नसकेको बताइएको छ ।

विशेष गरी अफगानिस्तानबाट अमेरिकाले सेना फिर्ता गरेपछि अमेरिका र चीनसँग सन्तुलित सम्बन्ध राख्नेबारे पाकिस्तानले विचार गरिरहेको फ्रन्टिअर पोष्टले जनाएको छ ।

यसैबीच, अमेरिकाले सैन्य आधारका लागि पाकिस्तानसँग वार्ता गरिरहेको खुलासा भएको छ । अफगानिस्तानमा अमेरिकी मिसनलाई समर्थन गर्दै पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न दिने सहमति गरेको पनि एसिया टाईम्सले जनाएको छ ।

पाकिस्तानमा चीनको बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चीन पाकिस्तान आर्थिक कोरिडोरको अपूर्ण परियोजना तथा ऋणको विवाद भए पनि पाकिस्तानले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको छ ।

यद्यपि स्थानीय पाकिस्तानीहरुले भने चिनियाँ रणनीतिको विकास परियोजना अपारदर्शी, ऋणको फन्दा तथा आक्रामक कुटनीतिको रणनीति भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

स्रोत : टाईम्स अफ ईण्डीया

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ४० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको