तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो « Khabarhub

तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता पठाउने गरेको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने बताएपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर नियन्त्रण गर्न खोजेको हो ।

रिपो बोलकबोलमा बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल