आत्माको पुकार सुनेर निर्णय गर्न पौडेलको आह्वान (भिडियो) « Khabarhub

आत्माको पुकार सुनेर निर्णय गर्न पौडेलको आह्वान (भिडियो)


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औं महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार एक भिडियो सन्देश जारी गर्दै आत्माको पुकार सुनेर निर्णय लिन आह्वान गरेका छन् ।

३ मिनेटको भिडियो सन्देश सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले देश बनाउने गहन जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसको महाधिवेशन हुन लागेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

यही भदौ १८ बाट कांग्रेसका वडा अधिवेशनहरु सुरु हुँदैछन् । १८ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन गर्ने भनिए पनि तयारीका कारण विभिन्न जिल्लाहरुमा फरक फकर मितिमा वडा अधिवेशनहरु हुँदैछन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । ती क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्र कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको अधिवेशनमा भाग लिन पाउने छन् ।

वरिष्ठ नेता पौडेलले वडा अधिवेशन सुरु हुनु अघि भिडियो सन्देश जारी गर्दै आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । पौडेल १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँष्ग सभापतिमा पराजित भएका थिए । देउवाले फेरि सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका छन् । उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले औपचारिक रुपमै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

पौडेल समूहमा सभापतिका आकांक्षीहरुबीच लगातार छलफल चलिरहेको छ । विहीबार पौडेल समूहले उम्मदेवारीका विषयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : ०५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा