मेद्भेदेभ र सबलेन्का यूएस ओपनको तेस्रो चरणमा « Khabarhub

मेद्भेदेभ र सबलेन्का यूएस ओपनको तेस्रो चरणमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– रुसका ड्यानिएल मेद्भेदेभ र एण्ड्रि रुब्लेभ, ग्रिसका स्टेफेनोस सितसिपास, वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

जर्मनीका डोमिनिक कोउफरलाई ६–४, ६–१ र ६–२ ले पराजित गर्दै दोस्रो वरियाताका मेद्भेदेभले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

अर्को खेलमा फ्रान्सका एड्रिअन मान्नारिनोलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो वरियाताका सितसिपासले पनि अघिल्लो चरणमा स्थान बनाए ।

पाँचौ वरियाताका रुब्लेभले भने झण्डै तीन घण्टा लामो खेलमा स्पेनका पेद्रो मार्टिनेजलाई ७–६, ६–७, ६–१ र ६–१ ले पराजित गरे ।

अन्य खेलमा विजयी हुँदै अर्जेन्टिनाका डिएगो स्वाट्जरम्यान, क्यानाडाका फेलिक्स औगर आलिआसिमे, स्पेनमा रोबेट्रो बाउष्टिटा, बेलायतका ड्यानिएल एभान्स र अमेरिकाका फ्रान्सेस टिओफीले पनि तेस्रो चरणमा स्थान पक्का गरेका छन् ।

आठौं वरियाताका कास्पर रुद, १५ औं वरियाताका ग्रिगोर दिमित्रोभ र १६ औं वरियाताका क्रिष्टिअन गारिन भने दोस्रो चरणमै रोकिएका छन्।

महिला एकलतर्फको खेलमा दोस्रो वरियाताकी एरिना सबलेन्काले स्लोभानियाकी तामारा जिदान्सेकलाई ५९ मिनेटमा पाखा लगाइन् ।

सर्वियाकी ओल्गा डानिलोभिकले वाकओभर दिएपछि तेस्रो वरियाताकी नाओमी ओसाकाले सिधैं तेस्रो चरणमा स्थान बनाइन् ।

चेक रिपब्लिककी बारबोरा रेज्सिकोभाले अमेरिकाकी क्रिष्टिना मेकहाललाई सोझो सेटमा पाखा लगाउँदा स्पेनकी गार्विन मुगुरुजाले जर्मनी एण्ड्रिया पेट्कोभिकलाई ६–४ र ६–२ ले पराजित गरिन् ।

रोमानियाकी सिमोना हेलेप, बेलारुसकी भिक्टोरिया अजरेन्का र एलिज मार्टेन्स, ट्युनिसियाकी ओन्स जाबेउर, रुसकी डारिया कासाट्कीनाले पनि आ–आफ्ना खेलमा जित हात पार्दै तेस्रो चरणमा स्थान बनाएका छन् ।

अमेरिकाकी कोरी गौफ भने आफ्नै देशकी स्लोएन स्टेफेन्ससँग सोझो सेटमा पराजित भइन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : १९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर