प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल « Khabarhub

प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच विहीबार छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

सो भेटका क्रममा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन चाहेका तर सनाखत गर्न नपाएका संघीय संसदका सांसदको भविष्यबारे पनि चासो राखेको बताइएको छ ।

यही भदौ २२ गते सम्म स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरुले सम्बन्धित निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय तोकिएको छ ।
एमाले विभाजनपछि प्रदेशहरुमा एमालेका सरकारहरु अल्पमतमा परेपछिको अवस्थाबारे पनि प्रचण्ड र नेपालबीच छलफल भएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एमाले सरकार अल्पमतमा परेका छन् । ती प्रदेशहरुमा नयाँ सरकार बनाउने विषयमासमेत छलफल भएको छ।

यसैबीच एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा सो दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ४६ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन