अध्ययन विदामा विदेश गएका कर्मचारी उतै बेपत्ता « Khabarhub

अध्ययन विदामा विदेश गएका कर्मचारी उतै बेपत्ता


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ । सरकारले अध्ययन विदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु गरिएको हो ।

अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन विदा भन्दै १८ जेठ २०६७ मा अन्तिम पटक एक वर्षका लागि विदा लिएका थिए ।

एक वर्षका लागि विदामा बसेका उनी १० वर्ष वितिसक्दा पनि कार्यालयमा हाजिर भएका छैनन् । १८ जेठ २०६६ देखि एक वर्षका लागि विदामा बसेका ठाकुर थप एक वर्षका लागि असाधारण बेतलवी विदा स्वीकृत गराएर गायब भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए ३० दिनभित्र स्पष्टीकरण पेस गर्न जानकारी गराएको छ । भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेले ठाकुर अध्ययन विदामा नेदरल्याण्ड गएको र हालसम्म कार्यालयमा हाजिर नभएको बताए । ठाकुर हाल अमेरिकामा बस्ने गरेको उनले जानकारी दिए ।

‘बिचमा आएर राजीनामा दिएको तर हस्ताक्षर सनाखत हुन छुटेको भन्ने सुन्नमा आएको छ,’ घिमिरेले भने, ‘लामो सयमदेखि सम्पर्कमा नआएकाले सरकारले जागिरबाट किन नहटाउने भनेर सूचना पनि निकाएको छ।’ घिमिरका अनुसार ठाकुरको नाममा मन्त्रालयले तेस्रोपटक सूचना निकािलसकेको छ । यसअघि उनको फाइल मन्त्रालयमा हराएको थियो ।

भूगर्भ विभागको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिनेश नेपालीले सोही विभागमा कार्यरत जियोलोजिस्ट रोशन कोइराला पनि अध्ययन विदामा विदेशमा गएको र उतै हराएको जानकारी दिए । ३ वर्षका लागि अध्ययन विदामा अमेरिका गएका कोइराला साढे ३ वर्षमा पनि सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना नै प्रकाशन गरेर खोजी गरिरहेको छ ।

सरकारले दिएको सुविधा उपभोग गर्दै निजामति कर्मचारी विदामा बसेर विदेश जाने र उतै बस्ने गरेका छन् । निजामति कर्मचारी ऐनमा कुनै कर्मचारी बिना सूचना ९० दिनसम्म हराएमा सरकारले कारवाहीको लागि आवश्यक प्रक्रिया सुरु गर्न पाउने व्यवस्था छ । न्यूजकारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ०० बजे

कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर

काठमाडौं– सरकारले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ । उच्च शिक्षाको

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको