अक्टोबरमा नेपाल आउदै अमिताभ बच्चन « Khabarhub

अक्टोबरमा नेपाल आउदै अमिताभ बच्चन


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चन ४५ दिनको बसाईका लागि नेपाल आउने भएका छन् । उनको नेपाल आगमन केवल घुम्नका लागि भने हुने छैन ।

निर्देशक सुरज बडजात्याको नयाँ पारिवारिक फिल्म ‘ऊँचाई’को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् । फिल्ममा बोमन इरानी र अनुपम खेरको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।

दैनिक भास्करका अनुसार नेपालमा यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।  नेपालमा ४० देखि ४५ दिनसम्मको सुटिङ तालिका निर्माण पक्षले तयार पारेका छन् । फिल्मको बाँकी हिस्सा मुम्बई र नयाँदिल्लीमा खिचिनेछ ।

फिल्म सन् २०२२ को मध्यमा रिलिज हुनेछ । फिल्मले साथीबीचको सम्बन्धलाई उजागर गर्नेछ । फिल्ममा अमिताभ, बोमन, अनुपम र अभिनेत्री नीना गुप्ता मिल्ने साथी हुनेछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय हुनेछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ०६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ