विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर | Khabarhub Khabarhub

विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ ।

बुधबार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो ।

विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि बढेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग अधिकृत मोतिराज खनालले बताए । उनका अनुसार विद्यालय कसरी खोल्ने गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

बैकल्पिक माध्यमबाट सबै विद्यार्थीहरुको अध्यापनलाई समेटन नसकेकाले चाडै विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय हुने उनको भनाइ छ ।

उनले भने, ‘विद्यालय सञ्चालनको विषयमा छलफल चलिरहेको छ तर कहिलेबाट सञ्चालन गर्ने भनेर निर्णय भने भएको छैन ।’

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ५० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु