१० बुँदेको भ्रममा नपर्नुहोस्: माधव नेपाल (भिडियो) « Khabarhub

१० बुँदेको भ्रममा नपर्नुहोस्: माधव नेपाल (भिडियो)

'ओली सुध्रने कुनै लक्षण छैन'


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गरेका छन् ।

बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना भएको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको पनि बताए ।

उनले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताए ।

संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि माधव नेपाल लगाएतका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए ।

संघीय संसद सचिवालयका दलका नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भदौ ९ गते मान्यता दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ३६ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज