उपेन्द्र यादवले भने– भदौ २२ पछि हामी सरकारमा जान्छौँ « Khabarhub

उपेन्द्र यादवले भने– भदौ २२ पछि हामी सरकारमा जान्छौँ

‘महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गर्‍यो’


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने पनि बताए ।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।

उनले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । अध्यक्ष यादवले आफ्नो पार्टीले महन्थ नेतृत्वको लोसपासँग कुनै प्रतिस्पर्धा नहुने जिकिर गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ५९ बजे

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण

प्रधानमन्त्रीले भने : विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस्

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो,

पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं – मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित