पुनः छायांकनमा जाँदै ‘गोर्खा वारियर–२’ « Khabarhub

पुनः छायांकनमा जाँदै ‘गोर्खा वारियर–२’


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन आगामी अक्टोबर १९ बाट सुरु हुने भएको छ । कोभिड–१९ र अन्य प्राविधिक कारण फिल्मको सुरुवाती भाग छायांकन गरेर निर्माण टिमले बाँकी भागको छायांकन रोकेको थियो ।

निर्देशक मिलन चाम्सले लकडाउन खुलेको र लण्डन तथा भारतदेखि आउनुपर्ने प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने भएकाले बाँकी भागको छायांकनको समय तोकिएको बताए ।

मिलनले गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई फिल्ममा उतार्न लागिएको जनाए । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।

फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहनेछ ।

रितेस चाम्स नवनायकका रूपमा यो चलचित्रमार्फत डेब्यु गर्दै छन् । फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

निर्देशक चाम्सले यो प्रोजेक्ट हालसम्मकै बढि आशा गरिएको र मिहेनत गरिएको प्रोजेक्टको रुपमा आफुले लिएको प्रतिक्रिया दिए । उनी हाल चलचित्र छायांकनका लागि आवश्यक केहि प्राविधिक समान ल्याउनका लागि लण्डन पुगेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ४५ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग