केन्यामा २४ लाख मानिस भोकमरीको खतरामा : डब्ल्यूएफपी « Khabarhub

केन्यामा २४ लाख मानिस भोकमरीको खतरामा : डब्ल्यूएफपी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ ।

गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ । पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले यहाँको अर्थब्यवस्थालाई धरासायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएको कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपतकालीन अवस्थाको सामना गर्नुपरेको छ ।

राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गरेका थिए । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइउको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए । ‘यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ ।’ डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले बताएका छन् ।

उनले भने, ‘अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी बर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौं ।’

‘केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीकाकारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा पुग्नेछौं । मेरो विचारमा हामीले आगामी महिनाहरूमा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।’

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ०३ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा