मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति « Khabarhub

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका रिक्तपदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रिया थाल्न एघारौँ सभा सम्पन्न भएपछि ४५ दिनभित्र कार्यविधि निर्माण गर्ने सहमति भएको छ ।

त्यस्तै प्राध्यापक तथा कर्मचारीको निवृत्तिभरण र उपदानका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर नियमावली र कार्यविधि पारित गर्ने, करार जनशक्तिको प्रोत्साहनस्वरुप नियमित तलब भत्ता समेट्ने गरी दररेट तोकी कार्यविधिमा स्पष्ट खुलाई तहगतरुपमा प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाइने भएको छ ।

वार्तामा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक सङ्घ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष रुपेश खत्री, उपाध्यक्ष छवि भण्डारी, कोषाध्यक्ष हरेन्द्र केसी सहभागी थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा