बाग्लुङका बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य | Khabarhub Khabarhub

बाग्लुङका बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ- पहिराले विद्यालय भवन भत्केपछि यहाँका कलिला बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य छन् । गत भदौ २४ र २५ गतेको पहिराले काठेखोला गाउँपालिका–१ पालास्थित सरस्वती प्राथमिक विद्यालयको आठ कोठे भवन क्षतिग्रस्त बनाएको थियो ।

नजिकै सडकछेउ पाल टाँगेर बनाइएका अस्थायी टहरामा विद्यालयको पठनपाठन भइरहेको प्रधानाध्यापक बलबहादुर थापाले बताए । दुई टहरामा कक्षा ५ सम्मका बालबालिकाले आलोपालो गरेर पढ्छन् । ‘पहिराका कारण छ कोठा पूर्णरुपमा क्षतिग्रस्त भए, बाँकी दुई पनि प्रयोग गर्न नमिल्ने स्थितिमा छन्’,प्रअ थापाले भने, ‘कुनै विकल्प नभएपछि बालबालिकालाई टहरामा राखेर पढाउन बाध्य भयौँ ।’

टहरा बनाउन रेडक्रस जिल्ला शाखाले दुई, स्थानीय जनएकता सामुदायिक संस्थाले एउटा र गाउँलेले दुई पाल विद्यालयलाई दिएका थिए । बाँस पनि घरगाउँबाट उठाइएको प्रअ थापाले बताए । विद्यालय पहिलेदेखि नै पहिराको जोखिममा थियो । पाँच सय मिटरमाथिबाट पहिरो आउँदा विद्यालय पुरिएको हो । भवनमा क्षति पुग्दा विद्यालयको प्रशासनिक कार्यालयसमेत छैन । कक्षाकोठा नहुँदा बालबालिका कठिन स्थितिमा छन् । शिक्षकलाई सिकाइ सहजीकरणका लागि पनि समस्या छ ।

भवन पुनःनिर्माणका लागि गाउँपालिकादेखि प्रदेश सरकारसम्म विद्यालयले निवेदन दिएको छ । केही दिनअघि प्रअलगायतको टोलीले प्रदेशको अर्थ, सामाजिक विकासलगायतका मन्त्रालयमा पुगी मागपत्र पेश गरेको थियो । गाउँपालिकाको विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालयलगायतले पनि विद्यालयमा पुगेको क्षतिको जानकारीसँगै पुनःनिर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छन् ।

स्थलमा पुग्दा विद्यालयले भोगेको समस्या प्रत्यक्षरुपमा देख्नुभएका नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले भवन पुनःनिर्माणमा सरकारी तबरबाट तत्काल माग सम्बोधन हुनुपर्ने बताए । विद्यालय भवन नहुँदा सबै कक्षाका बालबालिकालाई एउटै टहरामुनि राखेर पढाउनुपर्ने दुःखदायी स्थितिको सिर्जना भएको उनको भनाइ छ । व्यवस्थित कक्षाकोठा नहुँदा सिकाइको प्रभावकारिता र गुणस्तर पनि खस्कने चिन्ता छ ।

‘गाउँपालिकाका अध्यक्षज्यूलगायतले क्षतिग्रस्त विद्यालय भवनको अवलोकन गरिसक्नुभएको छ, भवन निर्माणका लागि आवश्यक समन्वय गर्छौं भन्नुभएको छ’, प्रअ थापाले भने । गाउँपालिकाले विद्यालय पूरै क्षतिग्रस्त हुँदा पनि तत्काललाई कुनै सहायता उपलब्ध गराएको छैन ।

वडाध्यक्ष खड्क थापा मगरले गाउँपालिकाले संयोजनकारी भूमिका खेलेको र माथिल्लो तहबाट सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । ‘आर्थिक स्रोत जुटाउनेदेखि जग्गा व्यवस्थापनका काममा गाउँपालिकाले आवश्यक पहल गर्छ’, उनले भने । अहिले भवन रहेको क्षेत्रमा पहिराको सधैँ जोखिम हुने देखिएकाले नजिकै पायक पर्ने ठाउँमा जग्गाको खोजी भइरहेको विद्यालयले जनाएको छ । जग्गा किनेरै भए पनि विद्यालयको नयाँ भवन बनाउनुपर्ने अवस्था रहेको प्रअ थापाले बताए।

लामो समयको निषेधाज्ञापछि विद्यालयले भौतिक रुपमै पठनपाठन थालेका छन् । भवन नहुँदा पनि विद्यालयले आफ्ना बालबालिकालाई प्रत्यक्ष सिकाइबाट बञ्चित गरेको छैन । विद्यालयमा ५८ विद्यार्थी छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : ३२ बजे

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे

काठमाडौं- नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको